पेस्तोल र गोलीसहित सुनसरीमा दुईजना पक्राउ

प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ५१ वर्षीय नुर महम्मद र वडा–८ अशोक चोक बस्ने ३२ वर्षीय ईमरान खान भन्ने मो. अहमद रहेका छन् । उनीहरूलाई गएराति सुनसरीको गढी गाउपालिका–१ मधेलीस्थित झण्डाचोकमा पैदल हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नुर महम्मद ०६४ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार तथा खरखजाना र जवरजस्ती करणी उद्योग मुद्दा दर्ता भई १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए ।उनका साथी इमरान खान भन्ने मोहमद अहमद ०७५ चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी मुद्दा चलेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूको शरीर खानतलासी गर्दा एकथान चाइनिज पेस्तोल उक्त पेस्तोलमा लाग्ने म्याग्जिन एक थान र ३ राउण्ड गोली बरामद गरेको प्रहरीेले जनाएको छ ।
दुवैलाई दुहवी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।