नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टीका प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका छन्। एमाले महासचिव शंकर पोखरेलले कार्यदलमा पार्टीका तर्फबाट रहेका डा. भीष्म अधिकारीलाई फिर्ता बोलाएको जनाएका छन् ।
कार्यदलमा एमालेका तर्फबाट डा. अधिकारी प्रारम्भिक दिनमा सहभागी भएको उल्लेख गर्दै शुरूदेखि नै कार्यदलको कामकारबाही सन्देहास्पद प्रकृतिको रहेको पोखरेलले जनाएका छन् ।


















