युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण तीव्र बनाएको छ । पछिल्ला केही दिनयता भएको आक्रमणले रुसको इन्धन आपूर्ति तथा नौसैनिक क्षमतामा दबाब बढाएको दाबी युक्रेनी पक्षले गरेको छ।
युक्रेनको ड्रोन बलका कमान्डर रोबर्ट ब्रोभ्दी (उपनाम ‘माज्यार’)का अनुसार ६ देखि ९ जुलाईसम्म आजोभ सागर क्षेत्रमा कम्तीमा २५ वटा रुसी जहाजमा आक्रमण गरी आगो लगाइएको छ।
युक्रेनी सेनाले भने कुल ३६ वटा जहाज निशानामा परेको दाबी गरेको छ, यद्यपि स्वतन्त्र रूपमा यसको पुष्टि हुन सकेको छैन।युक्रेनले यी आक्रमणलाई ‘लजिस्टिक्स लकडाउन’ अभियानको हिस्सा बताएको छ।


















