दुर्गा प्रसाईंलाई विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न रोक

 

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो ।

निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, हामीले रोकेका छौँ ।’

प्रसाईं यसअघि पटक पटक सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ परेर छुट्दै आएका थिए । जेनजी आन्दोलनपछि प्रसाईं ६ पटक पक्राउ परिसकेका छन् ।