प्रहरीको दुर्व्यवहारमा परेका माजिद अन्सारीले गरे जीवनरक्षाको अपिल

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीबाट दुर्व्यवहार भएको आरोप लगाएका जेन–जी अगुवा माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन अपिल गरेका छन्।

प्रहरीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेको दाबी गर्दै उनले संघीय संसदका सदस्य, कानुन, न्याय तथा मानवअधिकार समिति, नागरिक समाज तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई जीवनरक्षाका लागि पहल गर्न आग्रह गरेका छन्।