जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन् । जिल्ला कार्यसमितिहरूको साङ्गठनिक अवस्थाबारे छलफल र समीक्षा गर्नका लागि अध्यक्ष राउतले बैठक बोलाएका हुन् ।
भर्चुअल माध्यमबाट बस्ने बैठक राति ८ बजेदेखि सुरु हुने छ । बैठकले जिल्ला कार्यसमितिहरूको संगठनात्मक मासिक समीक्षा गर्ने बताइएको छ ।


















