बागमती प्रदेशमा ६ जना मन्त्री विनाबिभागीय

 

बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ।  १४ मन्त्रालय रहेको यहाँ अब ८ वटा मन्त्रालयमात्रै रहनेछन्।

मन्त्रालय संख्या घटाएसँगै केही मन्त्रीहरू बिनाविभागीय भएका छन्। यहाँ ६ जना मन्त्री विनाबिभागीय छन्।

किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा, बिनु रायमाझी पौडेल बिनाविभागीय मन्त्री छन्।

गत वैशाखमा प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालय संख्या कटौतीको निर्णय गरेको थियो।