ह्वातै घट्यो सुनको मूल्य, तोलाको कति ?

साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा पाँच हजार ८०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा १५५ रुपैयाँ घटेर प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।