प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । केहीबेर अघि सुरु भएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनासहित सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री सुरक्षा परिषद्को समेत अध्यक्ष हुने भएकाले प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्ने गर्छ । परिषद् सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ ।















