विपक्षी दलका सांसदहरूले सुनसरीको कप्तानगञ्ज घटनामा सरकार कहाँ छ भनेर प्रश्न गर्दा सत्तारुढ दल रास्वपाका सांसद यज्ञमणि न्यौपानेले जवाफ दिएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सो घटनाका घाइतेहरूको मल्हमपट्टी गर्दै गरेको बताए ।
‘कता कता सुनियो सरकार कहाँ छ ? म जानकारी गराउँछु– सरकार मल्हमपट्टी गर्दै छ । उपचारमा तल्लीन छ । सरकार साम्रदायिक हिंसा नहोस् भनेर नागरिकलाई भन्दै छ । त्यतातर्फ तपाईंहरूको ध्यान जाओस्,’ उनले भने, ‘घटना नहोस् भनेर रातको १२ बजेसम्म त्यही क्षेत्रमा थियौँ तर तपाईंहरू कहाँ हुनुहुन्थ्यो ? संसदमा आएर सरकारको ध्यानाकर्षण मात्रै होइन । जवाफदेहिताले यो देशको साम्रदायिकता र सामाजिक सद्भाव कायम रहन्छ भन्नेतर्फ हामीले स्पष्ट हुन पर्छ ।’















