शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण छुट दिने निर्णय राजपत्रमा

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए ।

राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भने १५ दिनभित्र फिर्ता दिइने भएको छ । सो अवधिभित्र फिर्ता गर्न सम्भव नभएमा भने संघीय सञ्चित कोषमा दाखिला गरिने मन्त्रालयले जनाएको छ । सरकारले शिक्षा र स्वास्थ्यमा ३/३ प्रतिशत समता शुल्क लिनेगरी नयाँ कर थपेको थियो । व्यापक आलोचनापछि सरकार यो करबाट पछि हटेको हो ।