विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हानेको विषयमा सूचनाको भेरिफाइमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् ।
‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने । मुदण्डाको घरमा छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण समेत सोधेको थियो ।
व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुका कारणसहित लिखित जवाफ पेस गर्न भनिएको थियो ।



















