लुकाएको १३ वटा ग्यास सिलिन्डर भेटिएपछि पसलेलाई ५० हजार जरिवाना

बजार अनुगमनका क्रममा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएपछि नेपालगन्जका एक किराना पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोमा अनुगमन गर्दा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा पसलबाट केही अखाद्य सामग्रीसमेत फेला परेको थियो।