प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह बालेन र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच छलफल भएको हो ।

उनीहरूबीच संघीय संसदको चालु अधिवेशनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।