साढे पाँच महिनापछि स्वदेश फर्किन लागेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेताहरूको भिड लागेको छ । साढे १२ बजे एयरपोर्टमा आइपुग्न लागेका देउवाको स्वागतमा कांग्रेस इतर समूहका नेताको भिड लागेको हो ।
उनको स्वागतको लागि पूर्वउपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेतसहितका थुप्रै नेताहरू एयरपोर्ट पुगेका छन् ।


















