कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जसरी पनि मंसिर अघि नै १५ औं महाधिवेशन गर्ने त्यसबाट गगन थापालाई ७१ प्रतिशत मत ल्याए र सभापति बनाउने घोषणा गरेका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले जुनसुकै प्रतिकूलताकाबीच पनि मिलाएर महाधिवेशन गर्नैपर्ने बताए। ‘१५ औं महाधिवेशन मंसिर अघि नै गर्नुछ । ५१ प्रतिशत होइन अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउ प्रतिबद्ध छौं’ उनले भने।


















