काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको छ ।
लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचनाका आधारमा नेपाल प्रहरीको टोली प्रसाईं निवास पुगेको हो ।
आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउने सक्ने आङ्कलन गरेर उनलाई घरमा नै रोक्नका लागि प्रहरी त्यहाँ पुगेको प्रहरी स्रोतको भनाइ छ । ‘अप्रिय स्थित सिर्जना नहोस् भनेर प्रहरीले सावधानीको उपाय अपनाएको हो,’ स्रोतले भन्यो ।



















