सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले आउने शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक राखिएको जनाएको छ ।
बैठकका एजेन्डा र कार्यसूचीबारे गृहकार्य भइरहेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।


















