न अरि नारी, जसको शत्रु हुन्नन् ती नारी हुन् । मनुस्मृतिले भनेको छः यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता । यत्रैतास्तु न पूज्यन्ते सर्वस्तन्नाफला क्रियाः ।। पूजा, अनुष्ठान गर्नु पूर्व पुरुषले अँग न्यास गर्नु पर्छ, नारीले हात जोडे पुग्छ । नारीले पति बाहेक अरुको गोडा ढोग्नु पर्दैन । पुरुषले साष्टाँग दण्डवत् गर्नुपर्छ, नारीले नमन गरे पुग्छ ।
न न्यासो योषितां चात्र न ध्यानं न च पूजनम् । केवलं जप मात्रेण मन्त्राः सिध्यन्ति योषिताम् । नारीले जप र मन्त्र सिद्धि मात्र गरे पुग्छ ।
नारी मासिक धर्म रजस्वलाले नै शुद्ध हुन्छिन्, यो उनको धर्म हो र मासिक रजस्वलालाई धर्म भनिएको छ । मासि मासि रजस्तासां दुस्कृतान्यपकर्षति, तस्मान्निकल्मषाः स्त्रियः । रजस्वलाले शुद्ध भएकाले नारीको सर्वाँग पवित्र हुन्छ । ब्राह्मणः पादतो मेध्य गावो मेध्याषु पृष्ठतः । अश्वाश्वो मुखतो मेध्य स्त्रियो मेध्यास्तु सर्वतः ।। ब्रह्मणको पाउ चोखो, गाईको पुच्छर चोखो, घोडाहरुको मुख चोखो, स्त्रीहरुको सबै अँग चोखा हुन्छन् । अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी, सावित्री लगायतका देवाँश स्त्रीहरुको नित्य स्मरणले मानव मन चोखो हुन्छ । स्त्रीहरुका लागि पति देवता हुन् । पतिको पनि स्त्री धर्म पत्नी हुन्, अचेल नाम बिगारिएको छ ।
पद्म पुराणको एक अँशः
सती नारीमा सूर्य लगायत ब्रह्माण्डको गति रोक्ने क्षमता हुन्छ । माण्डव्य ऋषि, एक कुलटा, एक सती नारीको कथा सार यस्तो छ । एक सती स्त्री थिइन् । उनको पति कुष्ठरोगी थियो, शरिर सर्वांँग गलेको, तैपनि पत्नीले भरपूर सेवा सुश्रुषा गर्थिन्, कुनै कसर बाँकी थिएन उनको पति सेवामा । हर तरहले पतिको इच्छा पूर्ति गर्थिन्, आवश्यकताको कुनै अभाव हुन दिएकी थिइनन् उनले । उनलाई थाहा थियो संसारमा उनका लागि पति नै सर्वस्व हो । पतिको आज्ञा उलँघन गरिनन् उनले कहिल्यै, यो उनको सबैभन्दा ठूलो धर्म थियो ।
एक राजा थिए, थरी थरीका नगरबधुले राजालाई सेवा गरिरहेका थिए, त्यसमा पनि विशेष एक स्त्री रहिछन् जसको चर्चा सर्वत्र भएको रहेछ, नतर्की, रंगमन्चमा नाच्ने, कामुक र राजाले उनको शरिर उपहार स्वरुप लिइरहेका रहेछन् । एकपल्ट राजाको दरबारमा चोरी भएछ । धेरै सुन, जुवाहरातहरु लिएर चोरहरु भाग्दैरहेछन्, सुरक्षाकर्मीहरुले लखेट्दा सम्पूर्ण धन एक पर्णकुटीमा छोडी चोरहरु भागेछन् । असली चोर पत्तो लागेन । दरबारका सर सामान दसी सहित फेला पर्यो, नजिकै एक बाबा रहेछन्, माण्डव्यऋषिको आश्रम रहेछ त्यो, उग्र तप गरिबसेका बाबा उनलाई त्यो धन कसले छोड्यो थाहा भएन, भनौँ उनको ध्यान भँग भएकै थिएन । सुरक्षाकर्मीले देखेर चोरले ढोँगी स्वभाव देखाएर बच्ने प्रयास गरेको भन्दै राजाको हजूरमा जाहेर गरेपछि उनलाई सूली चढाउने आदेश दिइएछ । माण्डव्य ऋषिलाई सूली चढाइयो तर उनको तपोवलले पाउदेखि शिरसम्म भाला रोपिए पनि केही भएको थिएन, तप भंग पनि भएन, सबै डराइरहेका थिए यो देखेर ।
उता कुष्ठ रोगीले राजाले प्रयोग गर्ने गरिएकी अब्बल नगरबधुका बारे जानेछ । कुष्ठरोगीको भोग, तिर्खा, निद्रा सबै हराएछ, शोकले रन्थनिइरहेको अबस्थामा पत्नीले सोधिछन्, पतिदेव के अभाव भयो ? मैले के गर्नु पर्यो, पतिका हरतरहका इच्छा पूर्ति गर्नु नारी धर्म हो, पत्नीका सामु कुनै पुरुष विरक्तिनु हुन्न, सम्हालिनूस् के कमी भयो मबाट ? कुनै पनि कष्ट दुःख भए पनि यत्नीले मिठो बोलेर, श्रृँगार दिएर पतिको मन विह्वल हुन दिनु हुँदैन, यो शास्त्रको मर्यादा र मान्यता पनि हो ।
कुष्ठरोगीले भन्यो, मलाई एउटै कुरोको अभाव भयो, राजामा उपहार भएकी स्त्रीलाई भेट्नु पर्यो, तर म जान सक्तिन, मेरो प्रस्तावलाई उनले स्वीकार गर्दिनन्, तिमीले सहयोग गर्न सक्छ्यौ र ?
हरेक वचनलाई शिरोपर गर्ने उनले ती नतर्कीको बासस्थान पत्ता लगाएर उनलाई नभनीकनै सरसफाइदेखि सामानको सजावटदेखि घरको तमाम सेवा गर्न थालिछन् उनले । केही दिनमा ती नतर्कीले थाहा पाएर उनलाई सोधिछन्, के का लागि यति ठूलो सेवा गरेकी, शुल्क कति हो ?
ती सेविका भएर भनिन् शुल्कका लागि सेवा गरेकी होइन, मेरा पतिले यहाँलाई भेटन खोजेका छन्, एकान्तमा, म पतिव्रता नारी मैले उनको इच्छा पूरा गर्नु छ । नतर्कीले उनको प्रशंसा गर्दै भनिन् तिम्रो पति रोगी छन्, मसंग उनको सहबासको सम्भावना छैन । तर उनले ढिपी गरिन् जसरी भए पनि केही समय तपाइँले मेरा पतिका लागि समय दिनुस् । सेवाबाट प्रसन्न रहेकी नतर्कीले भनिछन्ःहुन्छ उनलाई यहाँ ल्याउनू म एकान्तमा भेट दिन्छु ।
पतिव्रता ती निबास फर्किन् र भनिन् पतिदेवलाई, उनले भेट् गर्न दिने भइन् तर कसरी जाने पतिले भने खुट्टा चल्दैन, उनले भनिन् म काँधमा बोकेर लग्छु । उनले पतिलाई काँधमा राखेर लग्दै गर्दा मूलबाटो प्रयोग गरिनन्, घुमाउराmे जंगलको बाटो प्रयोग गरिन्, अरुले आप्mनो पतिको इज्जतमाथि प्रश्न गर्लान् भन्ने डर थियो, अरुले नदेख्ने बाटो काँधमा राखेर पतिलाई लग्दै गर्दा माण्डव्य ऋषिको आश्रमको बाटो परेछ । कुष्ठरोगीको खुट्टाले ऋषिको शिर स्पर्श गरेछ र ऋषिको तप भँग भएछ ।
ऋषि रिसले चूर भएर श्राप दिएछन्, भोलिको सूर्याेदय हुनासाथ तेरो मृत्यु होस् । श्राप सुनेर पतिव्रता स्त्रीको होसै हराएछ, भोलि नै म विधवा हुने भनेर । सबैतिर हार गुहार गर्दै उनले हातमा जल लिएर वरपर छर्कँदै भनिछन्, म साँच्चै पतिव्रता हूँ भने भोलि विहानको सूयौदय नहोस् म विधवा हुन चाहन्न, नभन्दै सूर्य तड्पिन थालेछन्, उदाउन मिलेन, सबैतिर अँधेरी भयो । पृथ्वीमा सच्चा पतिव्रताको इच्छा अनुरुप उनले उदय हुन मिलेनछ । यसपछि हल्लीखल्ली हुन थालेछ, के कारणले लामोसमय सूर्योदय भएन, साह्रा प्रकृति नै चौपट भइरहँदा ब्रह्मा विष्णु, रुद्र लगायतकोमा यो खवर पुगेछ र धर्तीकी पतिव्रता नारीको इच्छा के हो पूर्ति गर्नु भन्ने आदेश भएछ । ईश्वरको सृष्टि सन्चालनमा नहुने कुरो केही हुन्न, हुन, गर्न सक्ने नसक्ने, गर्न नहुने जसले गर्न सक्छ, त्यो ईश्वर हुन्छ, ईश्वर सामु असम्भव केही हुन्न ।
नारीहरुको पेट ईश्वरको कारखाना हो । पेटमा बालक आउँछ, बालकको शरिरमा आँखा, मिर्गौला, राँैहरु, गुदद्धार, मूत्रद्धार, मुटु, फोक्सो, हात खुट्टा यथा यथा स्थानमा बनाएको विज्ञानले होइन, अँग अँगमा रक्त सन्चार पनि । दाँत बालकको गर्भमै बनायो भने सायद आमालाई पिडा हुन्थ्यो होला, पेटमा घोच्थ्यो होला, गर्भ बाहिर केही समयपछि मात्रै उम्रन्छ । सन्त तुलसीदास जन्मदै ३२ दाँतले जन्मिए र आमाको तत्कालै मृत्यु भइहाल्यो । गाईको स्तन काटे रगत आउँछ, दोहे दूध, बच्चालाई बाँच्नका लागि प्रकृति भनौँ ईश्वरले पहिलो खान दूध पहिले नै तयार गरेको हुन्छ अरु खाना खान नसक्ने भएर । सती नारीको कुरो गर्दा ब्रह्मा, विष्णु, रुद्रले बालक भएर अनुसूयाको स्तनपान गरेका थिए, आमा बनाइएर, त्रिदेव अत्रि पुत्र भएर दत्तात्रेय भइरहेका र उनको मन्दिर हाम्रो भक्तपुरमा अभैm छ र शास्त्रले निकै प्रशँसा गरेको छ । देश धर्मभूमि, सत्य भूमि हो, यहाँ रहेका हरपुरुष बा स्त्रीहरुको आआप्mनो धर्माचरण छ, जसले समाजलाई व्यवस्थित र सुमधुर बनाउँछ, सबैका सिमा हुन्छन्, सिमा नाघेर कसैले केही गर्नु हुन्न, गरे व्यक्ति, समाज, राष्टृमा संकट आउँछ ।



















