इजरायललाई हतियार आपूर्ति गरेको भन्दै फ्रान्स र बेलायतप्रति इरान आक्रोशित

इरानका उपपरराष्ट्रमन्त्री काजेम गरिबाबादीले फ्रान्स र बेलायतको कडा आलोचना गरेका छन् । फ्रान्स र बेलायतले इजरायललाई हतियार तथा सैन्य सहयोग जारी राखेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।१०२ ब्रिटिस र फ्रान्सेली पूर्वकूटनीतिज्ञले यसअघि आफ्ना सरकारलाई इजरायलमाथि ठोस दबाब बढाउन र हतियार आपूर्ति रोक्न संयुक्त अपिल गरेका थिए ।

यही मेसोमा इरानले प्रतिक्रिया जनाएको हो । बेलायत र फ्रान्सले स्थितिप्रति ‘चिन्ता व्यक्त’ गरेर मात्र आफ्नो जिम्मेवारीबाट उम्कन नमिल्ने इरानी उपपरराष्ट्रमन्त्री गरिबाबादीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

इजरायली प्रशासनलाई हतियार पठाउनु र सहयोग गर्नु भनेको त्यहाँबाट भइरहेको अपराधमा प्रत्यक्ष सहभागिता जनाउनु रहेको उनको टिप्पणी छ ।