गलत सूचना रोक्न सरकारले प्रत्येक घण्टा विज्ञप्ति जारी गर्ने

सरकारले विपद्का बेला फैलिने भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार अब सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्नेछ।

गलत सूचनाका कारण नागरिकमा त्रास फैलिएको गुनासोपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरिएको हो।