जेन–जी शहीदकी आमा तथा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सरकारले शहीदका परिवारलाई न्यायको अनुभूति दिलाउन नसकेको भन्दै प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदले न्याय कहिले पाउँछन् भन्दै सरकारसँग प्रश्न गरिन् ।
‘देशले शहीद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, कि त केही बोलिदिनुस् । केही त केही लेखिदिनुस् भन्दा–भन्दा स्टाटस त आयो, अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली,’ उनले भनिन्, ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछन् सरकार ? शहीद परिवार र घाइतेका परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’
सांसद खतिवडा जेन–जी शहीद रसिक खतिवडाकी आमा हुन् ।


















