सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ :अमरेशकुमार सिंह

रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘हामी विषम् परिस्थितिमा छौं। बाढी पहिरोको मारमा छौं । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने, ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं । संविधानको मर्ममाथि प्रहार भइरहेको छ। संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ।’