आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको बिदा प्रस्ताव, संशोधन विधेयक संसद्मा लैजाने तयारी

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भएको छ ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा छ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको छ। यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वको सन्दर्भमा महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा हेरिएको छ।