भोटेकोसी नदीमा आएको बाढीपछि पुरिएको चिलिमे हाइड्रोपावर आयोजनाको संरचनामा खोजी गर्दा चारवटा शव फेला परेका छन् । जलविद्युत आयाेजनाकाे सुरुङमा पुरिएका चारवटा शव निकालिएकाे चिलिमे हाइड्रोपावर आयोजनाका सूचना अधिकारी श्रीराज वज्राचार्यले जानकारी दिए।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले फेला पारेका शवमध्ये एउटा बाहिर निकालिसकिएको हाे । बाँकी दुईवटा शव निकाल्ने काम भइरहेको छ । बाढीपछि आयोजनाको क्षेत्रमा पुरिएका तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्ने क्रममा ती शव फेला परेका हुन् ।


















