तोलामा ३६ सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो।

आज सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ।