राजनीति विश्लेषक, चिन्तक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन् । मोरङको बेलबारीस्थित प्रहरी कार्यालयले दाहाललाई पक्राउ गरेको हो। राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाललाई सुन्दरहरैँचा–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको जनाइएको छ।पक्राउपछि उनलाई विराटनगर लगिएको छ ।
प्रहरीका अनुसार दाहाललाई आजै काठमाडौं ल्याइने तयारी छ । उनले सत्ता र शासन व्यवस्थाका त्रुटीहरू विरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षि भूमिका निर्वाह गर्दै आएका थिए। त्रिमुल नेपालले दाहाल माथिको धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना भएको उल्लेख गरेको छ।


















