कम्युनिष्ट पार्टीहरुसँग वार्ता गर्न नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले एकता वार्ता समिति गठन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले नेता देव गुरुङको संयोजकत्वमा तीन सदस्य वार्ता टोली बनाएको हो ।
वार्ता टोलीको सदस्यमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन् ।


















