संयुक्त राष्ट्रसंघको महासभामा इरानले अमेरिकी दबाबसामु आफू नझुक्ने बताएको छ । महासभालाई बुधबार सम्बोधन गर्दै इरानी राष्ट्रपति मशुद पेजिस्कियानले अमेरिकासँगको युद्धमा इरानले आत्मसमर्पण नगर्ने बताएका हुन् । यद्यपि युद्ध अन्त्य गर्ने वविषयमा कुटनीतिक माध्यमबाट समाधान खोज्न भने इरान हरदम तयार रहेको उनले बताएका छन् ।
उनले महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबारे दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई ‘दादागिरी’भनेका छन् । उनले सम्झौता नभए ट्रम्पले इरानलाई ध्वस्त पार्न सक्ने पनि बताएका छन्। ‘अमेरिकी राष्ट्रपतिको हिजोको भनाइ दादागिरीको मानसिकताको संकेत हो। इरानी जनता दबाबसामु झुक्ने छैनन्,’ पेजेश्कियानले भ ने । उनले अमेरिकाले इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक भन्दै आएकोप्रति पनि आपत्ति जनाउँदै भने, ‘जो आफैं आतंकवादी हुन् र आतंकवादीलाई तालिम दिन्छन्, उनीहरू हामीलाई आतंकवादी भन्छन्।’
उनले सम्बोधनको सुरुमै युद्धका क्रममा अमेरिकाले सर्वसाधारणको हत्या गरेको आरोप लगाए र त्यससँग सम्बन्धित तस्बिरहरू पनि देखाएका थिए।


















