नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्रसँगै निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आज बिहान १० बजे केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि बन्दसत्र सुरु हुने कांग्रेसले जनाएको छ। निर्वाचन समितिले आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्नेछ।
भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारी प्रक्रिया पूरा भएपछि असोज २२ गते मतदान हुनेछ।

















