नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।
तथापि, यता चादीको मूल्य भने तोलामा ३५ रुपैयाँले घट्दै ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा करोबार भएको थियो ।




















