कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो दुई घण्टा अर्थात साढे १० बजेसम्म कुल १ हजार २९३ मत खसेको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।