तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका लामिछाने तारेखका लागि शुक्रबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।​