भारतीय पाइलट स्मित मच्छारलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। इजरायली राष्ट्रपति इसाक हर्जोगले पूर्णरूपमा निको भएपछि उनलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गरिने बताएका छन्।
गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा ओमानी सहपाइलटले धारिलो हतियारले आक्रमण गर्दा मच्छारले बहादुरी प्रदर्शन गर्दै १७४ यात्रु तथा चालक दलका सदस्यको ज्यान बचाएका थिए।
३४ हजार फिटको उचाइमा भएको झडपपछि विमान दुई मिनेटमै १६ हजार ६०० फिटमा झरेको थियो। त्यसपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो।




















