कांग्रेस महाधिवेशन :मतदानको समय बेलुका ७ बजेसम्म थपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदानको समय बेलुका ७:०० बजेसम्म थप गरिएको छ ।

यसअघि आज बिहान ८:३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५:०० बजेसम्मको समय निर्धारण गरिएको थियो । निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरी बेलुका ७:०० बजेसम्म कायम गरिएको कांग्रेसले निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएको छ ।