नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी छ । मतदानको समय साँझ ७ बजेसम्मका लागि थपिएको छ । मतदान सकिएपछि आजै मतगणना सुरु गर्ने तयारी छ ।
सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिने जानकारी निर्वाचन समितिले दिएको छ । सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।




















