धर्म र अध्यात्म ३१ श्राद्ध अघि दसैँ पछि

आज शनिवार, पितृ विसर्जन, औँसी विशेष । देव कार्य अघि पितृ कार्य सम्पन्न गर्नु पर्ने शास्त्रीय मान्यता हो । दसैँ शुरु हुँदैछ भोलि घटस्थापना गरेर, नवरात्रि आरम्भ, नौ रात्रि भए पनि यसपालि अष्टमी वृद्धि छ र जमरा दस रात्रिको हुनेछ, त्यसो त आश्विन शुक्ल चौथी असौज २८ मा शुक्रास्त भई कार्तिक ११ मा उदाउने र कतिपयले शुक्रास्तलाई दसैँसंग जोडेर हेर्ने गरेका छन्, यद्यपि शुक्रास्तले दसैँलाई प्रभाव पार्दैन । नित्य र नैमित्तक कार्य नियमित गर्नु पर्ने हुन्छ ।
पछिल्लो समय संस्कृतिमा धेरै विकृति आउनाले चाड पर्व मन नपराउनेका लागि विरोधका मसलाहरु पनि प्राप्त भए, श्राद्धादि कर्ममा धेरै टिका टिप्पणीहरु भए, र नजान्ने व्यक्तिहरुले पुस्तक हातमा साक्षी राखेर मनपरि भट्याइएका सामाजिक सन्जालका भि डि ओ हरु छरपष्ट बाहिर आए । पहिले यति धेरै विवाद हुन्नथ्यो, समाज विखण्डित र विरुप हुदै आउँदा दसै लगायत श्राद्धादि कर्महरुमा धेरै टिका टिप्पणीहरु आउन थालेको धेरै समय भइसकेको छ । सामाजिक सन्जाल र नयाँ आएका सन्चार साधनहरुले सबैलाई विषय विज्ञ गराएकाले पनि समाजमा यस्तो देखिएको हो, न नियन्त्रण गर्ने संयन्त्र छ न कुनै विषयको तर्क राख्नु अघि कोही कसैसंग परामर्श लिने परम्परा नै छ । धेरै अफवाहमा कुदेको पाइयो यसपालि पनि, जसले जे भने, जे गरे, मौलिकपक्ष नमासिने गरी गरुन् ।
जमरा राख्ने कर्म साधनाको पक्षसंग जोडिएको छ, मनत्र साधना, सिद्धि प्राप्त गरेपछि व्यक्ति आशीर्वाद योग्य हुन्छ, त्यसका लागि शक्ति साधना गर्नु पर्ने हुन्छ । चोखो बालुवामा जमरा उमारेर ९ दिनस