राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा.चन्द्र भण्डारीलाई बधाई दिँदै देश निर्माणका लागि सहकार्य गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत भण्डारीलाई बधाई दिएका ढकालले भारी मतसहित निर्वाचित भएकोमा खुसी व्यक्त गरेका हुन् । उनले कांग्रेसका मतदाताले पनि राम्रो व्यक्ति छनोट गरेको भन्दै प्रशंसा गरेका छन्।ढकालले लेखेका छन्, “नेपाली कांग्रेसको उपसभापतिमा, त्यो पनि भारी मत ल्याएर निर्वाचित हुनुभएकोमा डा.चन्द्र भण्डारीज्यूलाई धेरै–धेरै बधाई छ। कांग्रेसी साथीहरूले पनि राम्रो व्यक्ति चुन्नुभएकोमा धन्यवाद।”
उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धासँगै देश निर्माणका लागि सहकार्य आवश्यक रहेको सन्देशसमेत दिएका छन्।
डा.चन्द्र भण्डारी नेपाली कांग्रेसभित्र वैचारिक तथा नीतिगत विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन्। उनको निर्वाचनपछि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट बधाई तथा शुभकामना व्यक्त हुने क्रम जारी छ।




















