खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। एक महिलालाई धम्की दिएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो।

रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्तिमार्फत घटनाबारे अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी दिएका छन्।