काठमाडौं उपत्यकामा घटस्थापनादेखि लागू गरिएको फरक कम्पनीका ग्यास साटफेर गरी लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी गरिएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका ११ केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्रीवितरण हुँदै आएको थियो।
यसअघि उक्त व्यवस्था असोज ३० गतेसम्म लागू गर्ने निर्णय गरिएको भए पनि व्यवस्थापनमा कठिनाइ भएपछि आजसम्म मात्रै कायम रहने निर्णय गरिएको संघले जनाएको छ। यता, नेपाल आयल निगमले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक प्रयास भइरहेको जनाएको छ।




















