कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, दोस्रोमा निश्कल राई

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, प्राडा गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र इन्जिनियर मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।