बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।