कांग्रेस देउवा समूहको काठमाडौँ अधिवेशन मङ्सिर २१ मा, देउवाले उद्घाटन गर्ने

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने भएको छ । समानान्तर महाधिवेशन गर्न लागेको समूहले काठमाडौँ अधिवेशन मङ्सिर २१ गते गर्न लागेको हो । अधिवेशन २१ गते शनिबारको दिन राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने र निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको नेता दिनेशविक्रम शाहले जानकारी दिए ।

समूहका जिल्ला संयोजक जयकृष्ण महर्जनले अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेका छन् । महर्जनले प्रचार संयोजकमा शम्भु प्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनमा टेवेन्द्ररत्न शाक्य र युवा परिचालनमा दिनेशविक्रम शाह ताेकेका छन् ।