दार्चुलामा कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री बालेन शाह सहभागी नहुने भएका छन्। प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिए पनि उनको सट्टा शिक्षामन्त्री सस्मित पोखरेलले संघीय सरकारको प्रतिनिधित्व गर्नेछन्। अपि बेसक्याम्प क्षेत्रमा हुने तीनदिने उत्सवमा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलगायत विशिष्ट अतिथिहरू सहभागी हुनेछन्।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। अपिहिमालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउँदै क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।


















