सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक जनाको मृत्यु

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।