परराष्ट्रमन्त्री शिशिर खनाल र इयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (इयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटका क्रममा नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित, सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।