मध्यावधि निर्वाचनमा हार नजिक पुगेपछि ट्रम्पले भने :नतिजा स्वीकार गर्न तयार छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा हार नजिक पुगेपछि नतिजा स्वीकार गर्न तयार रहेको बताएका छन् । रिपब्लिकन पार्टीको बलियो गढ मानिएका केही चुनावी क्षेत्रमा डेमोक्रेटिक उम्मेदवारहरूको जितसँगै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्, जसले अमेरिकी राजनीतिमा नयाँ मोड ल्याएको छ । ट्रम्पले मध्यावधि चुनावको नतिजालाई पूर्ण रूपमा स्वीकार गर्न तयार रहेको बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा ट्रम्पले विपक्षी दलसँग पनि मिलेर अगाडि बढ्ने बताएका छन्। उनले भनेका छन्, ‘हो, म यी नतिजाहरूलाई पूर्ण रूपमा स्वीकार गर्न तयार छु र हामी उनीहरूसँग सहकार्य गर्ने अपेक्षा गर्छौं। हामी मिलेर कुनै न कुनै निकास निकाल्नेछौं।’

यद्यपि, यसअघि सामाजिक सञ्जाल ‘ट्रुथ सोसियलुमा ‘भिटो’अर्थात् अस्वीकार गर्ने अधिकारसहितको क्यापको तस्बिर सेयर गरेका ट्रम्पले बीबीसीको अमेरिकी पार्टनर ‘सीबीएस’सँगको कुराकानीमा भने संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आएमा आफूले राष्ट्रपतिका सम्पूर्ण अधिकार (भिटो पावर)प्रयोग गर्ने चेतावनी दिएका थिए।