आज विराटनगर र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ।साविक विजेता लुम्बिनी लायन्सले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। यता विराटनगर किंग्सका लागि भने आजको खेल प्लेअफ यात्रा तय गर्ने महत्वपूर्ण अवसर बनेको छ।

लुम्बिनीलाई पराजित गर्न सके विराटनगरले प्लेअफमा स्थान बनाउने सम्भावना कायम राख्नेछ।हाल अंकतालिकामा लुम्बिनी लायन्स ९ अंकसहित दोस्रो स्थानमा रहेको छ। उसले ६ खेल खेल्दा ४ जित, १ हार र १ खेलमा अंक बाँडेको छ।त्यस्तै, विराटनगर किंग्स ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। समान ६ खेल खेलेको विराटनगरले ३ जित र ३ हार बेहोरेको छ।