मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले बहुमत जुटाउन नसक्ने अवस्था बनेपछि राजीनामाको घोषणा गरेका हुन्।

सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको यादव सरकारलाई कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले समेत साथ छाडेपछि थप संकट परेको थियो। १०२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक थियो। अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।