प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते सोमबारदेखि औपचारिक भेटघाट र वार्ता गर्नेछन्। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सोही दिन नेपाल–भारतबीच द्विपक्षीय वार्तासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भ्रमणका क्रममा भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग गर्ने विषय प्राथमिकतामा रहने बताइएको छ। साथै, नेपाली क्रिकेटको विकासमा समेत भारतले सहयोग गर्ने तयारी गरेको स्रोतको भनाइ छ।


















